राजीनामा दिनुपुर्व माधव पक्ष सांसद सिंहदरबारमा



काठमाडौं। सामूहिक राजीनामा दिने तयारीमा रहेका नेकपा एमाले (खनाल-नेपाल) पक्षका सांसदहरु सिंहदरबारमा भेला भएका छन्।

त्यस्तै बरिष्ठ नेता माधवकुमार नेपाल पनि भर्खरै सिंहदरबार पुगेका छन्। राजीनामा अघि सिंहदरबारमा आउन शीर्ष नेताले भनेकाले आफुहरु सिंहदरबारमा आएको सांसद मेटमणी चौधरीले जानकारी दिए।

‘हामी सांसदहरु पनि छौ भर्खरै बरिष्ठ नेता माधवकुमार नेपाल पनि आइसक्नु भएको छ । राजीनामाबारे अब छलफल हुन्छ’, चौधरीले बताए। यसअघि उक्त पक्षका नेताहरुबीच राजीनामाबारे भर्चुअल छलफल भएको थियो ।