महामारीमा शक्ति राष्ट्रको भूमिका के?



काठमाडौं। विश्व यतिखेर कोरोना भाइरस (कोभिड-१९) को लडाईमा जोडबलका साथ जुधिरहेको छ। मानव समाज कोरोनाबाट त्राहिमाम छ।

कोरोनाबाट नेपालमा ३,७७,६०३ जना संक्रमित बनेछन। यी मध्ये २,९५,३९५ जना निको भएका छन् भने ३,५७९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

त्यस्तै यो समाचार पार्दाको समयसम्म विश्वमा १५६,९१९,३०३ संक्रमित भएका छन्। ९३,०४६,०३० जना निको भएका छन् भने ३,२७०,३९७ जनाको मृत्यु भएको छ।

भ्याक्सिनको उत्पादन र वितरण

शक्तिशाली राष्ट्रको रूपमा रहेका राष्ट्रहरुले यतिखेर अन्य कुनै अन्वेषण र बमवारि, मिसाइल, हात हतियार उत्पादनमा लगानी गर्नु उचित हुँदैन। शक्तिशाली देशले विश्वका मानिसहरूको जीवन बचाउन तिर लाग्नुपर्छ। यसो गर्न सकेको खण्डमा धन्यवादको पात्र बन्ने अवस्था रहन्छ।

कोरोनाविरुद्ध निर्माण गरिएको भ्याक्सिनलाई लिएर अहिले विवाद जारीछ। कोरोनाले मान्छेलाई मृत्युको मुखमा धकेलिरहेको अवस्थामा भ्याक्सिनको सर्वाधिकार अधिकारलाई लिएर शक्ति राष्ट्रहरु अल्झिएको देखिन्छ। यो मानवता विरुद्धमा छ भन्न कुनै संकोच छैन।

शक्तिशाली राष्ट्रहरुले मानवताको पक्षमा योगदान दिन सक्नुपर्छ। गरिब र विपन्न देशको अवस्थालाई दृष्टिगत गर्दै भ्याक्सिनको सर्वाधिकार कुनै निश्चित समयावधि तोकेर विश्वस्वास्थ्य संगठनको अनुमतिमा उत्पादन गर्न सक्ने देशलाई उत्पादनको अनुमती दिनपर्छ।

यसका लागि नेपाल र सम्बन्धित देशमा रहेका दूतावास, कुटनीतिक नियोगका प्रतिनिधिले यस प्रसङ्गलाई व्यवहारत उतार्न भूमिका खेल्नुपर्ने हुन्छ। नेपाल जस्ता कम्जोर मुलुकले महमारीको समयमा कुटनैतिक तवरले सबैसङ्ग हातेमालो गर्न सक्नुपर्छ। नेपालले आफ्नो सामर्थ्य र क्षमताको आधारमा सबैभन्दा राम्रो मानिएको रसियन भ्याक्सिनको खरिदका लागि तत्काल पहल चाल्नुपर्ने हुन्छ। साथै याक्सन टिम बनाए कोरोनाविरुद्ध लड्नपर्छ।

कम्जोर रणनीति, भ्रष्ट मति

नेपाल पछिल्लो समय दोस्रो चरणको कोरोना कहरमा छ। गत वर्षको चैतमा एक वर्ष पार गरेको नेपालले कोरोनाबाट धेरै सिक्न सक्थ्यो तर सिकेन। जान्नुपर्ने धेरै कुरा कोरोनाले भनेको थियो नेपालले सिक्न चाहेन। किन कि हामीसँग राजनीति लडाइँबाहेक अन्य कुनै पर्वतकीय कुराको खोजी गर्न फुर्सद भएन। महामारीबाट मुलुकलाई पार लगाउने उपायको खोजी कहिल्यै भएन, भयो त यसबीचमा केवल सत्तामा को जाने? कसलाई हटाउने भन्ने लडाइँ। कमिसन र भ्रष्टाचार। सरकारमा रहेको एमाले पार्टी यसको दोषी बन्न पुगेको छ।

भ्याक्सिन उत्पादनको राइट नेपाललाई दिएपनी उत्पादन गर्न त सक्दैन नै, अनुदानमा दिने वा खरिद गर्न पनि सकिरहेको छैन। यहि सत्यलाई आधार मान्ने हो भने प्रधानमन्त्री केपी ओलीकै नजिकका खरिद कर्तालाई ३५ करोड कमिसन नपुगेपछी भ्याक्सिन खरिद रद्ध गरिनु कती आपत्तिजनक छ?

अहिले भारतबाहेक नेपाललाई खोप उपलब्ध गराउनसक्ने मुलुकहरुलाई नियालेर हेर्दा उनीहरुको चिन्ता नेपालभन्दा भारतमा बढी देखिन्छ। नेपाल भने उनीहरुको सहयोगको अपेक्षामा छ।

यो साता चीन र गत साता अमेरिकाले नेपाललाई कोभिड–१९ संक्रमणमा सहयोग गर्ने वाचा गर्‍यो। यी दुई मुलुकसहित नेपाललाई कोरोना भाइरस नियन्त्रण निम्ति एकपछि अर्को सहयोग आइरहेका छन्। अन्य विदेशी मुलुक र विकास साझेदारहरुले पनि नेपाललाई यो संकटका बेला सहयोग नगरेका होइनन्।

तर अहिले नेपाल यस्तो अवस्थामा पुगेको छ, जसलाई मसिना र साना सहयोगले पुग्ने देखिन्न। नेपाललाई अहिले मास्क र स्यानिटाइजरले मात्र पुग्दैन, भ्याक्सिन नै सहयोगस्वरुप चाहिन्छ। नेपाल अहिले आफ्ना जनतालाई कोभिड–१९ विरुद्धको संक्रमणबाट बचाउन भ्याक्सिन अर्थात् खोपको खोजीमा छ।

भारतबाट १० लाख अनुदान र १० लाख किनेर खोप ल्याएको पनि हो। तर त्यसपछि भारत आफै कोरोनाको दोस्रो लहरका कारण संकटमा परेको छ। भारतमा दोस्रो लहरका कारण खरिद गरिसकेको १० लाख कोभिसिल्ड खोप आउन गाह्रो परेपछि नेपालले अन्य मुलुकसँग संवाद र सहकार्यलाई अघि बढाएको थियो। यस्तो अवस्थामा नेपालले रुस, चीन, अमेरिका र बेलायतसँग खोप ल्याउन पहल गरेको छ। यो स्वागतयोग्य कुरा हो। पहलले मात्रै यो विपत्तिबाट पार पाइदैन। व्यवहारिक रुप दिन आवश्यक छ।