काठमाडौं। पिसिआर परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाव संकलन गरिएको छ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसहित १ सय बढीको स्वाव संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन्।
ओलीसँगै बालुवाटारमा रहने स्वकीय, निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १ सय जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो।
यहि बैशाख २७ गते प्रधानमन्त्रीले संसदमा विस्वासको मत लिन थालेका छन्।