बादलसङ्गै खिमलाल र कृष्णको उम्मेदवारी



सुर्खेत। आगामी जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ।

शुक्रबार बागमती प्रदेशको निर्वाचन आयोग कार्यालयमा नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् । सांसद सुरेन्द्रराज गोसाईको प्रस्तावमा सांसद सिर्जना सैज्युले तामाङको उम्मेदवारीको समर्थन गरेकी छिन् ।

तामाङभन्दा अगाडि कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको गठबन्धनबाट डा. खिमलाल देवकोटा र नेकपा एमाले ओली समूहबाट गृहमन्त्री रामबहादुर थापाले मनोनयन दर्ता गराएका थिए ।