माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं। नेकपा माओवादी केन्द्रले सत्ता साझेदारीबाट आधिकारिक रुपमा हात झिकेको छ।

२०७४ सालदेखि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको हो।

समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा बुझाइएको छ। मंगलबार बसेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।