विश्वासको मतमा फेल गराउने काङ्ग्रेसको निर्णय



काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन थालेको विश्वासको मत असफल गराउने निर्णय गरेको छ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाएको छ।

बैठकपछि सहमहामन्त्री डा.प्रकाशशरण महतले भने, विश्वासको मत प्रयोजनका लागि संसद बोलाउने काम भएको छ, यसमा ओलीलाई फेल गराउन लाग्ने कुरा भएको छ।’ ओलीले यहि बैशाख २७ गते विश्वासको मत लिन लागेका छन्।