महारानी मार्गको शिलान्यास



जुम्ला। चन्दननाथ नगरपालिका जुम्ला बजारस्थित रानीपोखरीबाट तिलानदीको रानीपटुकासम्म जोड्ने महारानी मार्गको शिलान्यास गरिएको छ।

मंगलबार संविधान सभा सदस्य ललितजङ्ग शाहीले उक्त मार्गको सिलान्यास गरेका हुन्।

सहरी बिकास तथा भवन निर्माण विभाग, सघन सहरी आयोजना जुम्लाको (३० लाख) आर्थिक सहयोगमा उक्त मार्ग निर्माण हुन लागेको हो। आगामी असार मसान्तसम्म निर्माण कार्यपूरा हुनेछ।

शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेस जुम्लाका पार्टी सभापति दिपबहादुर शाही, युवा नेता लक्ष्मण शाही, वडा नम्बर ५ का वडा अध्यक्ष अर्जुनसीङ कठायत, उद्योग वाणिज्य संघ जुम्लाका पुर्व अध्यक्ष गोविन्द शाही, इ. चन्द्र खड्का, जेष्ठ नगारिक संघका अध्यक्ष तीर्थराज भारती,उपभोक्ता समितीका अध्यक्ष खड्क धामी, पुजारी हेमन्त आचार्यलयातको उपस्तिथि रहेको थियो।