लगानी सम्मेलन स्थगित



सुर्खेत। कर्णाली प्रदेश सरकारले बैशाखमा गर्ने भनिएको लगानी सम्मेलन स्थगित भएको छ।

कोरोना भाइरस (कोभिड–१९) लाई दृष्टिगत गर्दै सम्मेलन स्थगित गरिएको हो। कर्णालीमा लगानीकर्ता आकर्षित गर्ने उद्देश्यले प्रदेश योजना आयोगले यही बैशाखमा लगानी सम्मेलन गर्ने भनेको थियो।

प्रदेश सरकारले कर्णालीको विकास र आर्थिक समृद्धिका लागि लगार्नकर्ताहरुलाई आग्रह गरिरहेको थियो।

कर्णालीमा लगानी भित्र्याउनका लागि गत आर्थिक बर्षदेखि नै लगानी सम्मेलन गर्ने योजना बनाएको थियो। यद्यपि हालसम्म पनि सम्मेलन आयोजना गर्न सकेको छैन।