पशुपतिमा दाहसंस्कार गर्ने ठाउँ अभाव



काठमाडौं। पछिल्लो २४ घण्टामा सात हजार चार सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै स्वास्थ मन्त्रालयका अनुसार ३७ जनाको मृत्यु भएको छ।

नेपालमा हरेक दिन रेकर्ड संख्यामा कोरोना संक्रमित भेटिरहेका छ। आइतबार ७ हजार २११ जना संक्रमित फेला परेकोमा सोमबार अहिलेसम्मकै धेरै ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो।

१६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।

दाहसंस्कारका लागि पशुपतिमा ठाउँको अभाव देखिन थालेको छ। पशुपति किनारामा माटो भरेर दाहसंस्कारको लागि ठाउँ बनाउन थालिएको छ।
तस्बिर: विनोद कटुवाल