सांसदलाई उपस्थितिका लागि अनुरोध



काठमाडौं। संघीय संसद सचिवालयले आगामी बैशाख २७ गते १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सहभागी हुन प्रतिनिधिसभाका सदस्यहरुलाई सूचित गरेको छ।

संघीय संसद प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार अधिवेशन आह्वानसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेका हुन् ।

उक्त सूचनामा सम्माननीय राष्ट्पति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि आह्वान गरेको बैठकमा उपस्थित हुन प्रतिनिधि सभाका सांसदहरुलाई सूचित गराइएको छ।