ओलीप्रती विप्लव किन नरम ?



काठमाडौं। हालै शान्तिपुर्ण राजनीतिमा आएको नेकपा (विप्लव) समूह प्रधानमन्त्री केपी शर्मा ओलीप्रती नरम देखिएको छ।

भूमिगत अवस्थामा यो समूह सरकारका विरुद्धमा जति खरो रुपामा प्रस्तुत हुने गर्थ्यो, आज त्यो शून्यतामा सिमित छ भन्दा अन्यथा नहोला।

केपी ओलीले नै उक्त समूहमाथी राजनीतिक प्रतिबन्द लगाएका थिए। आफू अल्पमतमा परेको र कोषे झाडिमा अल्झिएको बाह्रसिङ्गेको अवस्थामा पुगेका ओलीप्रती नेकपा नरम हुनुका सिमित कारण छन्।

कार्यकर्ता रिहाई

नेकपाले ओलीका हरेक कदममाथी मौनता साट्नुको पहिलो कारण हो कार्यकर्ता रिहाई। प्रतिबन्धका बेला सयौं नेता कार्यकर्ता (केही छुटेका बाहेक) जेलमा छन्। ती कार्यकर्ता रिहाई गरेर पार्टीको शक्ति सन्चय गर्ने रणनीतिमा नेकपा देखिन्छ।

तर, विप्लवलाई पार्टीगत रुपमा केहि फाइदा भएपनी समग्रमा देशलाई ओलीका हरेक कदममा मौन बस्नु उचित नहुने देखिन्छ।

ठूला नेतादेखि सामान्य कार्यकर्ताहरु धमाधम प्रकाउ पर्न थालेपछि कमजोर स्थितिमा पुगेको बेला सरकारले बोलाएको वार्तामा नेकपाले तीन बुदे माग अघि सारेर अवतरणको मौका रोजेको राजनीतिक विश्लेषकहरु बताउछन्।

जनमत संग्रहको तुरुप

कम्युनिस्ट पार्टी मात्रै होइन, नेपाली काङ्ग्रेसको राजनीतिक गन्तव्य समाजवाद हो। नेकपाका पोलिट्ब्यूरो सदस्य गम्भीरले नयाँ राजनितीक समूह दर्ता गर्नुले पनि वार्ताका नाममा उक्त समूहले सरकारसामु आत्मसमर्पण गरेको भान हुनु स्वभाविक हो। वर्तमान व्यवस्था ठिक कि बैज्ञानिक समाजवाद? भन्ने मागमाथी ओलीले जनमत संग्रह गर्ने त के कुरा यहि संसदीय व्यवस्थाभन्दा पश्चगमनको यात्रामा छन्। जनमत सङ्ग्रह नामको तुरुपले ओलीको सत्ता लब्याउने बाहेक अर्को काम गरेन।