कोरोनाबाट सुर्खेतमा तीन जनाको मृत्यु



सुर्खेत । सुर्खेतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेत स्रोतका अनुसार सुर्खेतको सिम्ता गाउँपालिका–८ का ३० वर्षीय पुरुष, लेकवेशी नगरपालिका–८ का ६८ वर्षीय पुरुष र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विभिन्न मितिमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालमा राखेर आवश्यकता अनुसारको उपचार अगाडि बढाइए पनि उनीहरुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।