चारवटै कमाण्डको नेतृत्व नियुक्ति प्रक्रिया शुरु



काठमाडौं। नेपाली सेनाले कमाण्ड संरचनामा प्रवेश गर्ने क्रमसँगै चारवटै कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न नेतृत्व नियुक्ति प्रक्रिया शुरु गरेको छ।

सरकारको स्वीकृति र सेनाको योजनाअनुरुप चारवटा कमाण्ड मुख्यालयलाई सञ्चालन गर्न आवश्यक जनशक्ति र प्रमुखको नियुक्ति प्रक्रिया शुरु गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।