प्रशान्त तामाङलाई मातृशोक



काठमाडौँ। गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृ शोक परेको छ।

उनकी आमा रुपा तामाङको दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। तामाङले आमाको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।

‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ। हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा’ उनले फेसबुकमा अगाडि लेखेका छन् ‘आई लभ यू।’ यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई समेत उनले धन्यवाद दिएका छन्।

‘इन्डियन आइडल ३’ को विजेता बनेपछि चर्चामा छाएका प्रशान्त अभिनित फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउन बाँकी रहेको छ। यस अगाडि उनी अभिनित फिल्म गोर्खा पल्टन, परदेशी, निशानीलगायत प्रदर्शनमा आएका थिए।