बेस्ट न्यु मोडेलको अवार्ड वर्षालाई



काठमाडौँ। कालिकोटकी नव प्रतिभा, कलाकार वर्षा भण्डारा Young Mind Entertainment Award 2078 बाट सम्मानित भएकी छन्।

सोमबार राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा ‘Best New Model Female Award’ बाट सम्मानित भएकी हुन्। ‘सिउँदो’ बोलको गीतबाट उनले अवार्ड प्राप्त गरेकी हुन्। उनले जीवनको पहिलो अवार्ड प्राप्त गरेको अवसरमा खुशी साटेकी छन्।

सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेकी छन्, ‘मेरो अभिनय यात्राको पहिलो खुशी ‘Young Mind Entertainment Award-2078′ मा ”Best New Model Female Award” बाट सम्मानित हुन पाउँदा अगाडि बढ्ने थप हौसला मिलेको छ। यो खुशीको पल विशेष गरि मलाई हरेक मोडमासाथ दिने मेरी आमालगायत मलाई माया गर्नुहुने यहाँहरु सम्पूर्णसँग साट्न चाहन्छु।’