उपत्यकामा सार्वजनिक तथा निजी साधनहरु बन्द हुने



काठमाडौँ। उपत्यकामा चल्ने सार्वजनिक र निजी यातायातका साधनहरु केही दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

सोमबार उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको हो। यो निर्णय वैशाख १६ गते मध्यरातदेखि लागू हुनेछ।

कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो। यस्तै रेस्टुरेन्टहरुबाट टेक अवेको सुविधा दिने तथा ग्रोसरीबाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ।