‘घरी हराए जस्तो, घरी भेटिए जस्तो’



गजल

घरी हराए जस्तो,घरी भेटिए जस्तो।
कहाँ हुन्छ र जिन्दगी सम्झिए जस्तो।

न तिम्ले बुझ्यौ, न यो समयले बुझ्यो
मैले पनि त गरेकी हुँ बिर्सिए जस्तो।

आफै टुट्नुपर्छ, सम्बन्धलाई जोगाउन
सजिलो बिल्कुल हुँदैन टाढिए जस्तो।

यो तस्बिर हो तस्बिर जस्तै लिनुहोला
हुन्न जिन्दगी तस्बिरमा खिचिए जस्तो।

आआफ्नै व्यथा हुन्छ ढुँगाहरुको पनि।
कतै फालिए जस्तो,कतै पुजिए जस्तो।

 कुसुम समर्पण

           गुल्मी

  • हाल जापान