मुख्यमन्त्री शाहीद्वारा लोकतन्त्र दिवसको शुभकामना



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसले प्रदेशमा सिर्जना गरेको संकट अन्त्यका लागि लागिरहेको बताएकका छन्।

लोकतन्त्र दिव–२०७८ को शुभकामना सन्देश दिँदै शाहीले प्रदेश सरकारले कोरोना व्यवस्थापन तथा न्युनिकरणका लागि निकै महत्वपुर्ण काम गरेकाले यो परिस्थितिबाट निराशन नहुन तथा धैर्य गर्न प्रदेशबासीलाई शाहीले आग्रह समेत गरे।

‘गत वर्षदेखि शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महामारी नयाँ स्वरुपमा थप आक्रामकता सहित आएको छ,’ शाहीले भने, ‘सम्भावित जोखिम रोकथामकालागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीयतहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुहुन तथा भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नुहुन अनुरोध गर्दछु।’

लोकतन्त्र दिवसलाई यस वर्ष भौतिक दूरी कायम राख्दै सरकारी कार्यालय तथा आ–आफनो घरमा दिपावलीलगायतका कार्यक्रमहरु गरी मनाउन शाहीले आग्रह गरेका छन्।

मुख्यमन्त्री शाहीले दिएको शुभकामना शन्देशमा भनिएको छ ,‘ १५औं लोकतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरु एवं समस्त नेपालीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। जहाँनिया राजतन्त्रको अन्त र गणतन्त्रको स्थापनाका लागि जनयुद्धलडिरहेको तत्कालीन नेकपा(माओवादी) र सात राजनीतिक दलबीचको १२ बँदे सहमतिको जगमा उठेको २०६२÷०६३को ऐतिहासिक जनआन्दोलनका अगाडिवैशाख ११ गते आजैका दिन निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो।’

साथै शाहीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाको लागि ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षकाक्रममा बेपत्ता, घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्।