नरहरिनाथ गापाद्वारा खेलाडीलाई सम्मान



तस्बिर:नामाकर उपाध्याय

कालिकोट। जिल्लास्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड जित्न सफल आफ्ना खेलाडीहरुलाई जिल्लाको नरहरिनाथ गाउँपालिकाले बधाईसहित सम्मान गरेको छ।

यही बैशाख ६, ७, ८ र ९ गते जिल्लाकै सान्न्नी त्रिवेणी गाउँपालिकामा आयोजित प्रतियोगितामा जिल्लाका ८ वटा पालिकालाई पछि पार्दै नरहरिनाथ गाउँपालिकाले भलिवल खेलमा प्रथम (छात्र) स्थान हासिल गरेको थियो।

स्थानीय तहको प्रतिनिधित्व रहने गरी पहिलोपटक आयोजना भएको प्रतियोगिताको शिल्ड जित्नु नरहरिनाथ गापाका लागि गौरव भएको भन्दै गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले शिल्ड विजेता खेलाडीहरुलाई बधाईसहित सम्मान गरेका छन्।

गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा शुक्रबार खेलाडीलाई सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बिष्टले भने, ‘पालिकाको खेलकुद र खेलाडीको क्षमता विकासमा गाउँपालिकाले कुनै कसुर बाँकी राख्ने छैन। म यो प्रतिबद्धता जनाउन चाहान्छु।’

कार्यक्रमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुुर्गलाल न्यौपाने, गाउँपालिकाका प्रशासकीय अधिकृत कविराज न्यौपाने शिक्षा शाखाका प्रतिनिधि जयबहादुर बुढा वडा नंं ४ का वडा अध्यक्ष नरबहादुर बोगटीलगायत पालिकामा कार्यरत अन्य कर्मचारीहरुको उपस्थित रहेको थियो।