वामदेवसँगको वार्ता पनि असफल



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेको नेता वामदेव गौतमले बताएका छन्।

विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग भएको डिनर मिटिङमा कुरा मिल्न नसकेको गौतमले बताएका हुन्। बिहिबार दिउँसो पार्टीका वरिष्ठ नेता माधव नेपाल र ओलीबीचको वार्ता पनि बिना सहमति टुङ्गिएको थियो।

ओलीसँग भएको छलफल सार्वजनिक गर्दै गौतमले भने, ‘हिजो ९ गते क। केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो।

उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो।’

आफूले ओलीसँग बैठकमा आउन सक्दिन भनेर जवाफ दिएको गौतमको भनाइ छ। गौतमले भने, त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भए।’