एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सर्यो



काठमाडौँ। काठमाडौँको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीमा सरेको छ।

सो कार्यालय सञ्चालनमा आएसँगै बिहीबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन्। धुम्बाराहीमा चक्रपथ विस्तार गर्नुपर्ने भएपछि असहज हुने भएकाले केन्द्रीय कार्यालय थापाथलीमा सारिएको एमालेले जनाएको छ।

थापाथली हाइटस्थित उमङ्ग मार्गमा १३ कोठे घरमा एमाले कार्यालय रहेको छ। उक्त घर प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्तको भएको बुझिएको छ।