भोटेकोशी जलविद्युतलाई आइपिओ निष्काशनको अनुमति



काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत कम्पनीले आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले १ करोड ५० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपिओ ल्याउन अनुमति पाएको हो।

यसमध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता १० प्रतिशत र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता (१५ प्रतिशत) सेयर पाउनेछन्।

यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ। केयर रेटिङ नेपालले यो आइपिओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ। यस आधारमध्ये भोटेकोशीले औसतभन्दा कम आधार जनाउने रेटिङ पाएको हो। यता, कम्पनीले केही समयअघि स्थानीय र सर्वसाधारणमा जारी हुने यस सेयरका लागि नागरिक लगानी कोषसँग प्रत्याभूति समेत गरिसकेको छ।