पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण



काठमाडौँ। आइतबार भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए। उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ।