काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बारेमा आफैले बनाएको नियम उल्घंन गरेका छन्।
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले काठमाडौँलयात देशका विभिन्न सहरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो। साथै विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको थियो।
मंगलबार बिहाना प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र पर्यटनमन्त्री भानुभक्त ढकाल लगायतको उपस्थितिमा भव्य कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले पूजाआजापछि राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु हस्तान्तरण गरेका थिए। ती मुर्तीहरु रथ यात्राका साथ चीतवनकाे माडीमा पुर्याएर रामनवमिका प्रतिस्थापन गर्ने कार्यक्रम छ। काठमाडौंदेखि चितवनसम्म गरिने रथयात्रामा तामझाम र भीडभाड अरु बढ्ने देखिएको छ।
त्यस्तै राष्ट्रिय सभागृहमा नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलाको सम्बोधन पनि प्रधानमन्त्री ओलीले नै गर्ने कार्यक्रम छ। यो समाचार तयार पार्दाको समयसम्म राष्ट्रिय सभागृहमा मान्छेहरुको भीड जम्मा भइसकेको छ। प्रधानमन्त्रीको पर्खाइमा आयोजक रहेको छ।