काठमाडाैँ। नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीका वरिष्ठ नेता माधव नेपाल समूहको साथ छोडेका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा रिजालसँगै सोम मिश्र पनि सहभागि भएका छन्। बैठकमा झलनाथ माधव पक्ष २ केन्द्रीय सदस्यहरुको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेता नेपाल प्रधानमन्त्री हुँदा रिजाल प्रेस सल्लाहकार थिए। नेपाल समूह उक्त बैठकमा सहभागी भएको थिएन। नेता नेपालको समूह बेगर बसेको बैठकले विभिन्न जिल्ला कमिटीको कार्यविभाजन गर्ने तयारी गर्नुका साथै उपनिर्वाचन, अध्यक्ष र महासचिवको प्रतिवेदनमा छलफल गर्नेछ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटन गरेपछिका घटनाहरुमा नेता रिजाल खरो रुपमा उत्रेका थिए। तर, पछिल्लो समय उनले एमालेभित्रको गुट बदलेका छन्।
माधव नेपालको संरक्षणमा रहेर एमालेमा हाइट बनाएका रिजाल नेकपालाई अदालतले एमाले र माओवादी केन्द्रलाई अलग बनाएपछि पार्टी एकताको पक्षमा देखिएका छन्।