माधव नेपालसहित ८ जनालाई अन्तिम स्पष्टीकरण सोधिने



काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी ओली पक्षले पार्टीका नेता माधवकुमार नेपालसहित ८ जना नेताहरुसँग अन्तिम स्पष्टीकरण सोध्ने भएको छ।

यसअघि कारवाही गरेका नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई एमालेले यसअघि नै कारवाही गरिसकेको छ। उनीहरुलाई पनि अझै अन्तिम स्पष्टीकरण दिन समय दिइने भएको छ।

सोमवारको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल, रावल, पाण्डे र भुसालसहित ८ जनालाई चेतावनीसहित स्पष्टीकरण सोध्न निर्णय गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

नेपालसहित विभिन्न प्रदेशका सरकारविरुद्ध प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएका नेताहरुलाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। उनीहरुबाट चित्त बुझ्दो जवाफ नआए वैशाख १० गते बस्ने केन्द्रीय कमिटी बैठकले कारवाही गर्नेछ।