लम्बिनीको नयाँ मुख्यमन्त्रीमा ‘सोनाम’को नाम प्रस्ताव



बुटवल। लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुकासाथै नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी ‘सोनाम’लाई अघि सारिएको छ।

केसी मुख्यमन्त्री पोखरेलको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। अविश्वास प्रस्ताव दर्तासँग माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

लुम्बिनी प्रदेशसभामा ८७ सांसद रहेका छन्। जसमा नेकपा एमालेका ४१ सांसद छन्। बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ। यस्तौ माओवादी केन्द्रले आफ्ना दुई सांसदमाथि कारवाही गरेको छ।

प्रदेशसभामा माओवादी केन्द्रका सभामुखबाहेक १७, नेपाली काँग्रेसका २० र जसपा नेपालका ६ सांसद छन्। कर्णाली प्रदेशमा जस्तै लुम्बिनीमा फ्लोस क्रश हुने खतरा उत्तिकै रहेको छ।