जनसेवा युवा क्लबद्वारा खुला भलिबल प्रतियोगिता सम्पन्न



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ को जनसेवा युवा क्लबले नयाँ वर्ष २०७८ सालको अवसरमा ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ खुला भलिबल प्रतियागितासँगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

भलिबल प्रतियोगिता २०७८ बैशाख १ देखि ४ गतेसम्म चलेको थियो। उक्त प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय टिमसँगै छिमेकी जिल्ला अछामका गरी जम्मा १३ टिम सहभागी थिए।

जसमा परिवर्तनशील युवा क्लब नरहरिनाथ गाउँपालिका पहिलो हुन सफल भएको छ। द्वितीय नरहरिनाथ गाउँपालिका टिम, तृतीय पञ्चदेवल विनायक नगरपालिका अछाम बनेको छ। विजयी हुने टिमले क्रमश ३० हजार, २० हजार, १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा आशिष प्लास्टिक एण्ड भाडा पसल बिरेन्द्रनगर, सुर्खेत र बोहरा स्टेशनारी नरहरिनाथ, ४ खुलालु कालिकोट रहेका थिए।

त्यस्तै सहआयोजकमा कर्णाली मेडिकलहल वीरेन्द्रनगर ४ यरिचोक सुर्खेत, न्यु भिजन अफ एजुकेशन ईन्चिच्युट वीरेन्द्रनगर ३ सुर्खेत, सन्चो फार्मेसी एन्ड शलिन पोलिक्लिनिक वीरेन्द्रनगर ३ सुर्खेत, कर्णाली कापी उद्योग वीरेन्द्रनगर ३ सुर्खेत, कर्णाली भाडा पसल वीरेन्द्रनगर ४ सुर्खेत, बटाला बिजनेश सेन्टर वीरेन्द्रनगर ६ सुर्खेत र नरहरिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था नरहरिनाथ ९ कालिकोट रहेका थिए।