राजु, मनमाया, रविन र समिक्षाको स्वरमा ‘सुर्ती जर्दाले’



काठमाडौ। लोकप्रिया गायक राजु परियार, मनमाया वाइवा, रविन लामिछाने र समिक्षा अधिकारीको युगल स्वरमा ‘सुर्ती जर्दाले’ बोलको गीत बजारमा आएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालका अध्यक्ष एवं लोकप्रिय सर्जक रमेश बीजीको उत्कृष्ट शब्द रहेको उक्त गीतको संगीत प्रदिप अधिकारीले निर्माण गरेका हुन्।

प्रदिप अधिकारीकै नाममा रहेको युट्युवमार्फत सार्वजनिक गरिएको गीतमा राजु, मनमाया, रविन र समिक्षालाई  ध्रुवराजा धिताल, राजु सोनाम, जमुना सोनाम, रञ्जन थापा मगर, पिमसरा आले मगर र सिता घिमिरेले आवाजमा साथ दिएका छन्।

दिपेन्द्र तिमल्सिनाको निर्देशन रहेको गीतमा शंकर बिसी र अञ्जली अधिकारी, मिमल अधिकारी, निर आले, सुस्मिता आले, बिना विश्वकर्मा, र्सिजना खत्रीलगायत कलाहरुको अभिनय रहेको छ।