सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्रीले महेन्द्रबहादुर शाहीले विश्वासको मत लिईसकेपछि मन्त्रिपरिषद हेरफेर गरेका छन्।
शुक्रबार विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले नेकपा एमाले संसदीय दलिको ह्पिलाई उलंघन गर्दै फ्लोर क्रस गरेका ४ जना मध्ये तीन जनालाई मन्त्रीमा नियुक्त गरेका छन्। मुख्मन्त्री शाहीले शनिबार नवनियुक्त भएका मन्त्रीहरूको कार्यविभाजन गरेका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिं बुढा, भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन्।
३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन्। नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए।
एमाले प्रदेश कमिटीले शनिबार नै फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ। अहिले कर्णाली सरकारमा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन्।
मुख्यमन्त्री शाहीले माओवादीबाट नयाँ अनुहारसहित नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराउने तयारी गरेको उनी निकटको भनाइ छ।