‘माओवादीसँग जति मुद्धा अरुसँग छैनन्, हामी एक नम्बर बन्छौं’



काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा माओवादी एक नम्बर पार्टी बन्ने दाबी गरेका छन्।

शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले उक्त दाबी गरेका हुन्। जनताका मुद्धाहरुको नेतृत्व माओवादीले गर्दै आएको भन्दै प्रचण्डले पुनः एक पटक जोडतोडले लाग्न आग्रह गरेका छन्।

१० वर्षे जनयुद्धले आम मानिसहरुको चेनामा, जीविकामा, मनोविज्ञानमा, सांस्कृतिक सोचमा, राजनीतिक, वैचारिक रुपमा परिर्वतन ल्याएको बताउँदै प्रचण्डले शिक्षकहरुलाई क्रान्तिकारी चेतनासहित समाज रुपान्तरणमा लाग्न अनुरोध गरे।

उनले भने, ‘हामीले आफूलाई करेक्सन गर्नुपर्छ। जनताहरुले के सोच्दैछन्? के चाहेका छन् ? त्यो बुझ्नुपर्छ। हामीभित्र को कति भत्केका छौं ? त्यो अबका दिनमा थाह हुन्छ। त्यसैले गम्भीर भएर लागौं। आगामी निर्वाचनमा माओवाली पहिलो हुनबाट कसैले रोक्दैन। सर्त के हो भने तपाईं हामी बदलिनुपर्छ। सबैले आफ्नो ठाउँबाट लाग्नुपर्छ। संगठन मजबुद बनाउनुपर्छ।’

उनले अगाडि भने, ‘हिजो साथ दिएका जनताहरुको घरमा पुग्छौ भने, सहिद परिवार, वेपत्ता परिवारको दुःखीरहेको घाउमा मह्लम लगाउनुपर्छ। हामीले यो अभियानमा साथ दिनुहोस्। हामीसँग असली कार्यकर्ताहरुको पंक्ति छ। पार्टीलाई रिभाइभ गरिछाड्ने भन्ने छ।’

 https://www.facebook.com/watch/live/?v=901492027369387&ref=watch_permalink