काठमाडौँ। कर्णाली प्रदेश एमाले सांसद देवी ओलीलाई नेकपा एमाले संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको छ।
शनिबार प्रदेश सभाको सातौं अधिवेशनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका थिए। सांसद ओलीले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेकी थिइन्। सभामुख राजबहादुर शाहीले मत सच्याउन चाहने सांसदलाई जब तीन मिनेट समय दिए, त्यसपछि सांसदले मत सच्याइन्।
सभामुखले दिएको समयभित्रै सांसद ओलीले आफ्नो मत सच्याएपछि मुख्यमन्त्रीको पक्षमा २२ मतमा झर्यो। एमाले सांसद प्रकाश ज्वालासहित चार सांसदले ह्वीप उल्लंघन गरेपछि पार्टीले उनीहरुलाई कारबाही गर्ने निश्चित देखिएको छ। देवी माधव नेपाल पक्षकी सांसद हुन्। मतदानका क्रममा गल्ती गरेर सच्याउने ओलीले शिक्षाशास्त्रमा स्नातकोत्तर गरेकी छिन्।