मौसम पूर्वानुमान: चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना



काठमाडौँ। शनिबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना छ।

यस्तै आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। आइतबार रातिदेखि भने मौसम सामान्यतया सफा रहनेछ। यद्यपि दैनिकजसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ।