सुर्खेतबाट काठमाडौँका लागि छुटेको बस कोहलपुरमा दुर्घटना



काठमाडौँ। सुर्खेतबाट काठमाडौँका लागि छुटेको बस कोहलपुरमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ।

बाँकेकाे कोहलपुर नजिक पर्ने रोहिणी खोला क्षेत्रमा ट्रिपरमा ठोक्किदा दुर्घटना भएकाे हाे। ७ जनाको अवस्था गम्भीर छ। त्यस्तै ३५ जना घाइते भएको प्रहरीले जनाएको छ।

मे१ख ३३४७ नम्बर बस र नम्बर नखुलेको टिप्पर एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।