एमालेले फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने



काठमाडौँ। कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ।

शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई एमाले संसदीय दलको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो।

दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको सांसद सुशिल थापाले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। सांसद थापाले भने, ‘एमालेको दलको बैठकले एमालेको नाममा संसदमा विपक्षमा मत दिने राजनीतिक अपराधीहरुलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ।’

शुक्रबार एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका थिए। चारैजना सांसद एमाले माधव नेपाल पक्षधर सांसद हुन्।