विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीको धारणा आयो



काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी कार्यकाल विकास र समृद्धिको सपना पूरा गर्नमा केन्द्रित हुने बताएका छन्।

शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाएसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले भने,‘सरकारले विकास र समृद्धिको जुन सपना दिएको छ, त्यसलाई निरन्तरता दिन्छ।’

मुख्यमन्त्री शाहीले आफू नेतृत्वको कर्णाली सरकार ५ वर्षका लागि निर्माण भएको दाबी गरे। तथापी अहिले राजनीतिक समीकरण बदलिसकेपछि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएको र त्यो संसदबाट प्राप्त भएको उनले बताए।

नेकपा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मरबहादुर थापाले एमाले संसदीय दलको ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरेका छन्।