सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकार जोगिएको छ।
नेकपा एमालेका ४ जना सांसदहरुले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो। एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मरबहादुर थापाले एमाले संसदीय दलको ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरेका हुन्।
फ्लोर क्रस गर्नेहरु एमालेको माधवकुमार नेपाल समुहका सांसद हुन् । यि मध्ये प्रकाश ज्वाला र नन्दसिंह बुढा मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा क्रमशः आर्थिक मामिला तथा योजना मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए।