काठमाडौँ। २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ आउने पक्का भएको छ।
बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको हो।सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
बोर्डले दिएको जानकारी अनुसार एक सय रुपैयाँ अंकति मूल्यमा कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ।