गण्डकी प्रदेशमा माओवादीले लियो समर्थन फिर्ता



 

काठमाडौँ। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ।

कांग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो।

माओवादी गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा माओवादीसँग यसअघि भएको सम्झौता उलंघन गरेकाले आजकै मितिदेखि समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ। सो लगत्तै काँग्रेस, माओवादी, जसपा र जनमोर्चा लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।