काठमाडौँ। चर्चित गायक वैकुण्ठ महत र गायिका शितल शर्माको स्वरमा ‘पिरतीमा ए प्लस’ बोलको गीत बजारमा आएको छ।
नयाँ वर्ष २०७८ को अवसरमा दर्शक तथा स्रोताहरुका लागि उपहारका रुपमा उक्त गीत सार्वजनिक गरिएको गायिका तथा सञ्चारकर्मी शर्माले जानकारि दिएकी छन्। सर्जक रमेश बीजीको शब्द र वैकुण्ठ महतको लयमा तयार पारिएको गीतमा कृष्ण ‘भान्जा’ को संगीत संयोजन रहेको छ। गोविन्द अनेक, पदम ल्वागुन, स्मृती शाही, आकृति विश्वकर्माको कोरस गायन रहेको छ।
शितल शर्माको युट्युव चयानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अन्जली अधिकारी र अर्जुन गौतमको अभिनय रहेको छ। मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको गीतको छायांकन करण चैसिरले गरेका हुन्। मनोज कार्कीको सम्पादन रहेको यस गीतको बजार व्यवस्थापन लुमिनिअस पोष्टवर्कस्ले गरेको छ।