सुर्खेतको वीरेन्द्रनगरमा युवकको शव भेटियो



सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा एकजना युवकको शव फेला परेको छ।

वीरेन्द्रनगर नगरपालिका ८, स्थित कभर्डहल अगाडिको खुल्ला चौरमा शिहिबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले पुष्टि गरेका छन्।

डीएसपी घर्तीका अनुसार शव चिङ्गाड गाउँपालिका ६, घर भई हाल वीरेन्द्रनगर १२ स्थित भावर टोलमा बस्दै आाएका ३५ वर्षीय जितेन्द्र चलाउनेको हो। शव पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र थप अनुसन्धान भैरहेको डीएसपी घर्तीले बताएका छन्।