काठमाडौँ। नमोबुद्ध नगरपालिका काभ्रेका नगर प्रमुख टीपी शर्मा तिमल्सिनाले सञ्चारकर्मीहरुलाई आफ्नो नगरमा आएर रिर्पोटिङ गर्न अनुरोध गरेका छन्।
राजधानीको बागबजारस्थित होटेल हार्दिकमा सवाल मिडियाले आयोजना गरेको ‘जनतासँग जनप्रतिनिधि’ नामक कार्यक्रमको उद्घाटन तथा बिसर्जन नामक कृति बिमोचन कार्यक्रममा बोल्खै मेयर शर्माले उक्त अनुरोध गरेका हुन्।
‘पाँचवटा विकृतिको अन्त्य र पाँचवटा समृद्धिको स्थापना’ भन्ने मुल नाराका साथ आफूले काम गरिरहेको बताउदै नगर प्रमुख शर्माले प्रदुषणका रुपमा रहेको इटाभट्टा बिस्थापित गर्न सफल भएको दाबी गरे।
उनले भने, ‘मेरो नगरका बारेमा धेरै के भनौ? पत्रकार साथीहरुलाई आग्रह गर्न चाहन्छु। तपाईंहरु आउनुहोस्। सूचना सम्प्रेषण गर्नुहोस्। राम्रो नराम्रा सबै कुरा बाहिर ल्याउनुहोस्। मलाई मार्ग निर्देश गर्नुहोस्।’
उनले अगाडि भने, ‘महिनामा अधिकांश दिनमा जनताको चुल्होमा पुगेर खाना खाने। जनतको चासोहरु, गुनासाहरु सुन्ने, त्यहि अनुसार काम गर्ने गरेको छु। नगरको सुविधा सम्पन्न भवन निमार्ण, जनतालाई दिने सेवामा पारदर्शीता र चरितो प्रवाहका बारेमा पनि हामीले केही नयाँ तौर अपनाएका छौं।’
उक्त कार्यक्रममा पूर्वगृहराज्यमन्त्री तथा प्रतिनिधि सभा सांसद श्यामकुमार श्रेष्ठ प्रमुख आतिथिका रुपमा उपस्थित थिए। त्यस्तै नेकपाका नेता एवं संविधान सभाका सांसद तारानाथ श्रेष्ठलगायतको उपस्तिथि रहेको थियो।