‘जनतासँग जनप्रतिनिधि’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरिने



                                                                                                                                      तस्बिर: मुकुन्द कालिकोटे

काठमाडौँ। ‘जनतासँग जनप्रतिनिधि’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरिने भएको छ।

राजधानीकाे बागबजार स्थित होटेल हार्दिकमा सवाल मिडियाले एक कार्यक्रमको आयोजना गरेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो। पूर्वगृहराज्यमन्त्री तथा प्रतिनिधि सभा सांसद श्यामकुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

‘जनतासँग जनप्रतिनिधि’ नामक कार्यक्रममा खासगरी स्थानीय तहका जनप्रतिनिधिहरुले कसरी कामहरु सञ्चालन गरिरहेका छन्? कार्यसम्पादन कस्तो छ? उनीहरुको प्राथमिकता के कस्ता छन्? जस्ता प्रसँगहरुमा आधिरित रहेर सञ्चालन गरिने बताइएको छ।

कार्यक्रममा संविधान सभाका सांसद एवं नेपाली कांग्रेसका नेता राजिव विक्रम शाह, नेकपाका नेता एवं संविधान सभाका सांसद तारानाथ श्रेष्ठ, नमोवुद्ध नगरपालिका काभ्रेका प्रमुख टिपि शर्मा (तिमलसिनालगायतको उपस्तिथि रहेको थियो।

यसअघि ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम नमोवुद्ध नगरपालिकाले सञ्चालन गरेको र अबका दिनमा सवाल मिडियाले डिजिटल मिडियामार्फत बजारमा पठाउने आयोजकले जनाएको छ। साथै कार्यक्रममा विश्वराज कँडेलद्वारा लिखित विसर्जन नामक पुस्तक विमोचन गरिएको थियो। कृतिमा प्रेम कहिनीहरु समावेश गरिएको लेखक कडेँलले जनाएका थिए।