काठमाडौँ। सञ्चारकर्मी रवि लामिछानेलगायतको सक्रियतामा कालिकोट जिल्लामा बनेको रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा आएको छ।
रास्कोट नगरपालिकामा आजदेखि सञ्चालनमा आएको अस्पतालको उद्घाटनका लागि लामिछाने कालीकोट पुगेका छन्। संचारकर्मी लामिछानेसहित अस्पताल हस्तान्तरण कार्यक्रममा नगर प्रमुख काशिचन्द्र बराल, उपप्रमुख मिमसरा शाही (उसा) लगायतको उपस्थिति रहेको थियो।
१५ शैया रहने सो अस्पतालमा एमबिबिएस चिकित्सकले सेवा दिने बताइएको छ। अस्पतालमा आकस्मिक सेवाका लागि ५ शैया राखिएको छ। देश विदेशमा रहेका नेपालीहरुको तर्फबाट उठेको सहयोग ६ करोड २२ लाख रुपैयाँमा अस्पताल भवन बनेको हो।