प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिताको उपाधि सिनिपुलाई



काठमाडौँ। प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिताको उपाधि सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले उचालेको छ।

हिजो दिउँसो १ बजे भएको खेलमा सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले अर्गानिक भिलेज नागीलाई २ गोलको अन्तरले हराएको हो । सेमिफाइलमा सिनिपुले दिपशिखालाई ५–४ ले गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेका थियो भने नागीले लालिगुराँस युवा क्लब लखनपुरलाई ४–१ हराउँदै फाइनलमा प्रवेश गरेको थियो।

सिनिपुका जर्सी नं ११ का सुरेश खत्रीले खेलको ५५औँ मिनेटमा गोल गरी जितको लागि खाता खोलेका थिए। सिनिपु कै जर्सी नं ९ का ओम प्रकाश दनुवारले खेलको ६०औँ मिनेटमा गोल गरेसंगै अर्गानिक भिलेज नागीलाई २ गोलको भार परेको थियो।

तर जवाफी गोल प्रहार र्गन नसक्दा अर्गानिक भिलेज नागी उपविजेतामा नै सिमित हुन पुग्यो । त्यस्तै, खेलमा विजेता समूहकै खेलाडी ओम प्रकाश दनुवार सर्वोउत्कष्ट खेलाडीको घोषित भएका छन्। तेस्रो स्थान ओगट्न दिपशिखा ब्वाइज युवा क्लब मन्थली(२ सफल भएको छ।

दिपशिखा ब्वाइज क्लबले, लालिगुराँस युवा क्लब लखनपुरलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। दिपशिखाका तर्फबाट २१ औ मिनेटमा जर्सी नं ९ का सुनिल श्रेष्ठले गोल गरी पहिलो खाता खोलेका थिए। भने जर्सी नं। २३ निकेश कार्कीले खेलको २५ मिनेटमा गोल गरेका थिए, सोही टिमका जर्सी नं। ५ का जितेन कार्कीले ३४ मिनेटमा अर्को गोल सफल भएका थिए ।

चैत्र २४ गते देखि २९ गतेसम्म चलेको खेलमा १७ ओट टिमको सहभागिता रहेको थियो। खेलमा प्रथम हुने टिमलाई नगद एक लाख ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र, तेस्तै द्धितिय हुने टिमलाई नगद रु। १ लाख मेडल र प्रमाण पत्र, तृतिय हुने टिमलाइ नगद पचास हजार रुपैयाँ मेडल र प्रमाण पत्र र सान्त्वना पुरस्कार रु २० हजार र उत्कष्ट खेलाडीको लागि नगद ५ हजार सथै ट्रफी सहितको पुरस्कार राखिएको थियो।