१५ जना सांसदले प्रचण्डलाई छोडे, केपीलाई रोजे



काठमाडौँ। वामगठबन्धनको नारा दिएर २०७४ असोज १७ गते एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी गठबन्धनको घोषणा गरे।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता पनि भयो। बिडम्बना जे भनेर पार्टी एकता गरिएको थियो, त्यसरी कार्यसम्पादनहरु भएनन्। अन्तत: नेकपा (नेकपा) नामको पार्टी बिभाजनसम्म पुग्यो। केपी ओलीको स्वेच्छाचारीताका कारण आजको दिन आएको ओली इतरका नेताहरु बताछन्।

तर, केपी ओली मात्रै नेकपा बिभाजनको कारण हुन् भन्नेमा धेरै मानिसहरु सहमत छैनन्। प्रचण्ड-माधवहरुले समयमै कदम उठाउन नसक्नु नै आजको परिणाम हो भन्नेहरु धेरै छन्। ओली प्रचण्डको स्वार्थका कारण जोडिएको नेकपा, उनीहरुकै स्वार्थका कारणले बिभाजन भएको अधिकांश कार्यकर्ताहरुको बुझाई सुनिन्छ। खैर नेकपा (नेकपा) बिभाजन भएकोमा एमालेभन्दा माओवादीका नेताहरुलाई ठूलो पिर परेको देखिन्छ।

एकता पछि माओवादी पार्टीलाई निक्कै कमजोर बनाउन ओली सफल बनेका छन्। माओवादीका केन्द्रीय नेताहरुले यस्तो संकटको बेला प्रचण्डको साथ छोडेका छन्। राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय नेताहरुले प्रचण्डको साथ छोडेर ओलीको कित्ता राेजेका छन्। यो समाचार तयार पार्दासम्म माओवादी छोडेर एमाले रोज्ने सांसदहरुको मात्रै संख्या १५ जना रहेको छ।

यसअघि वैद्य, बाबुराम, विप्लव, सिपी, आहुती, लोकेन्द्र बिष्ट मगर, किरातीहरुले प्रचण्डको साथ छोडि सकेका छन्। आजका दिनसम्म पनि प्रचण्डले आफ्नो सहयोद्धाहरुले एकपछि अर्को गर्दै पार्टी परित्याग गर्नुलाई गम्भीर समिक्षा गरेको देखिदैन। प्रचण्ड लामो समयसम्म नेतृत्वमा रहँदै आएका छन्।

गत पुस ५ गते ओलीले संसद भंग गरेपछि प्रचण्ड-माधवहरुले प्रतिगमन भने। माधव पक्षका अधिकाशं नेताहरुले ओलीको साथ छोडे। तर, प्रचण्डका धेरै नेताहरुले ओलीलाई रोजे। एक नेता भन्छन, ‘साधारणतया व्यक्तिले कुन पार्टीमा लाग्ने? के गर्ने ? उसको अधिकारको कुरा हुन्छ। तर, जनयुद्धले जन्माएका नेताहरु नै यसरी प्रतिगामीका मतियार बन्नु स्वभाविक होइन। पार्टीमा यसका विषयमा गम्भीर छलफल हुनुपर्छ।’

 

यि हुन प्रचण्डको साथ छोड्ने सांसदहरु

प्रतिनिधि सभा

टोपबहादुर रायमाझी
लेखराज भट्ट
प्रभु साह
गौरीशंकर चौधरी

राष्ट्रियसभा

रामबहादुर थापा बादल
चन्द्रबहादुर खड्का

प्रदेश १ बाट

टंक आङवोहाङ

प्रदेश २ बाट

रामचन्द्र मण्डल
ज्वालाकुमारी साह
कुन्दनप्रसाद कुशवाह
मोहम्मद समिर

लुम्बिनी प्रदेशबाट

दधिराम न्यौपाने
दिनेश पन्थी

कर्णाली प्रदेशबाट

धर्मराज रेग्मी

सुदुरपश्चिम प्रदेशबाट

झपट बोहरा