चेन्नईमाथि दिल्लीको लगातार तेस्रो जीत



काठमाडौँ। कप्तानका रुपमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिरहेका ऋषभ पन्तले १४औँ सिजनमा पहिलो खेल जितेका छन्।

मुम्बईमा खेलिएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको हो। चेन्नईबिरुद्ध दिल्लीको यो लगातार तेस्रो जीत हो। पछिल्लो सिजन चेन्नईलाई दिल्लीले दुवै खेलमा पराजित गरेको थियो।

टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईको टोलीले ७ विकेटको क्षतिमा १८८ रन बनायो। जवाफमा दिल्लीले उक्त लक्ष्य ३ विकेटको क्षतिमा पछ्यायो।

ओपनर शिखर धवनले ५४ बलमा ८५ र पृथ्वी शाँले ३८ बलमा ७२ रनको आक्रामक पारी खेले। चेन्नईका लागि शार्दूल ठाकुरले २ विकेट तथा ड्वेन ब्रोभोले एक विकेट लिए।

यसअघि, चेन्नईका लागि सुरेश रैनाले ३६ बलमा ५४ रन बनाएका थिए । त्यस्तै, मोइन अलीले ३६, साम करनले ३४ तथा रवीन्द्र जडेजाले २६ रनको योगदान दिएका थिए । दिल्लीका लागि अवेश खानले २ विकेट लिए ।