‘ओलीले गुप्तचरसँगको मन्त्रणाले तक्मामा चुच्चे नक्सा गायब पारे’



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेको विभिन्न मानपदवी तथा पदकको बीच भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिम प्रदेशमा रहेको लिपुलेक, लिम्पियाधुरा समेटिएको भू-भागसहितको चुच्चे नक्सा गायब भएपछि सामाजिक सञ्जालमा ब्यापक आलोचना भइरहेको छ।

सत्तारुढ दल नेकपा एमालेकै नेता भीम रावलले समेत तक्मामा नेपालको नयाँ नक्सा नराखिएकोप्रति प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन्।

उनले लेखेका छन्, ‘राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ। यसो हुनुको कारण कतै वालुवाटारमा प्रमको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन?’