तीन साता शैक्षिक संस्था बन्द गर्न सिफारिस



काठमाडाैँ। कोरोनाभाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएको भन्दै तीन साता विद्यालय बन्द हुने भएका छन्।

कोरोनाभाइरस (कोभिड-१९) संक्रमण बढ्दै गएको र अवस्था थप भयावह हुन सक्ने निष्कर्षका साथ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ।

कोरोनाको नयाँ भेरियन्ट देशमा देखिन थालेको र सोको असर विद्यालय जाने उमेर समूहमा पर्ने निष्कर्षका साथ यस्तो सिफारिस गरिएको हो।

यद्यपी विद्यालय बन्द भएपनि  अनलाइन माध्यमबाट पठनपाठन सन्चालन मिलाइने सीसीएमसीले भनेको छ। यसअघि स्वास्थ्य मन्त्रालयले पनि विद्यालय बन्द गरेर अनलाइन माध्यमबाट पठाउने गरी निर्णय गर्न सीसीएमसीमा सिफारिस गरेको थियो।