काठमाडाैँ। प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो आठौँ राष्ट्रिय अधिवेशन सम्मपन्न गरेको छ।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको रजत जयन्ति विशेष आठौँ राष्ट्रिय अधिवेशन नेपालको ऐतिहासिक तथा औद्योगिक नगरी विराटनगरको अतिथि सदनमा सम्पन्न भएको छ। विराटनगरमा चैत्र २० गतेबाट सुरू भएको अधिवेशन २२ गते आइतबार सम्पन्न भएको हो। अधिवेशनको उद्दघाटन नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक तथा उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङज्यूले गर्नु भएको थियो।
उद्दघाटन समारोहमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा.रामजी गौतम, राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट, प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका पुर्व प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ, विशिष्ठ अतिथि राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय प्रचार प्रमुख सुनिल अम्बेकर, यावसायी, वेणीगोपाल मुन्दडा, समाजसेवी एवं नोवेल मेडिकल कलेजका कार्यकारी निर्देशक इन्दिरा शर्मा, विद्यार्थी परिषद्का प्रदेश अध्यक्ष चिन्तामणी बस्नेत, प्रदेश सचिव विवस कटवाललगायत विद्यार्थी परिषद्का राष्ट्रिय पदाधिकारीूहरू, अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव आशिष चौहानका साथै समाजका सामाजिक, आध्यात्मिक, व्यवसायीहरूको विशेष उपस्थिति रहेको थियो।
उद्दघाटन सत्रमा बोल्दै प्रमुख अतिथि घिसिङले देश विकासका लागि इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिहरूको आवश्यकता रहेकोले प्राज्ञिक विद्यार्थी परिषद्ले गरेको कार्यबाट त्यस्तो व्यक्ति निर्माण गर्ने कुरामा विश्वस्त रहेको कुरा व्यक्त गरे।
अधिवेशनमा साङ्गठनिक प्रशिक्षण, देशको समसामयिक अवस्थाको बहस, देशको आर्थिक, राजनीतिक, समाजिक, शैक्षिक तथा धार्मिक क्षेत्रको विषयलाई समेटेर विशेष शैक्षिक, समसामयिक र कोरोना महामारि पछिको अर्थतन्त्र सम्बन्धि विशेष प्रस्तावमाथी व्यापक छलफल पश्चात् आएको सुझाबहरू संकलन गरेर तीनवटा प्रस्तावहरू पारित गरिएका थिए।
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल दलगत राजनीतिदेखि माथि रहि ज्ञान शील र एकताको आर्दशको साथमा व्यक्ति निर्माणका माध्यमद्वारा राष्ट्रको पुननिर्माणको आफ्नो लक्ष्यप्राप्तिको मार्गमा २५ वर्षदेखि निरन्तरअगाडि वढिरहेको यथार्थ यहाँहरुलाई अवगत गराउँदछौँ।
युवाहरुमा सामाजिक कार्यप्रति समवेदना उत्पन्न गरी सम्पुर्ण युवाहरुलाई सामाजिक कार्यमा प्रेरणा प्रदान र राष्ट्रिय एकताको विषयमा शिक्षित र दिक्षित बनाउदै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ परिषद्, सदैव सक्रिय रुपमा कार्यरत छ । समाजमा रचनात्मक कार्यका माध्यमाबाट व्यक्तिको सर्वाङ्गीण विकास गर्न परिषदले निरन्तर रचनात्मक कार्यक्रम सञ्चालन गरिरहदा विद्यार्थी तथा युवावर्गलाई राष्ट्र पुननिर्माणको कार्यमा समाहितहुनका लागि सकारात्मक प्रेरणा प्रदान गरेको छ । नैतिकवान एवं दृष्टिकोणयुक्त युवाशतिm नै राष्ट्रका मेरुदण्ड हुन भन्ने विचारलाई आत्मसात गर्दै परिषद् निरन्तर वैचारिक एवं शैक्षिक आन्दोलनमा सक्रिय छ ।
साथै अधिवेशनको एक सत्रमा परिषद्ले राष्ट्रिय अधिवेशन मार्फत प्रदान गर्ने राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारबाट युवा उद्यमी ललितपुर निवासी देविका बुढाथोकीलाई सम्मान गरेको थियो । कार्यक्रमको भाषण सत्रमा सर्वोच्च अदालतका पुर्व रजिष्ट्रार डा.रामकृष्ण तिमल्सिनाज्यूले विभिन्न विचारधारा र हाम्रो विचार भन्ने विषयमा विश्लेषणत्मक तथ्यहरूमा बोल्दै पुर्वी सभ्यता र विचारधारा नै सर्व श्रेष्ठ विचार भएको र अन्य विचारधारा नेपालमा आवश्यक नभएको कुरा प्रष्ट्याउनु भएको थियो।
साथै अर्को सत्रमा अखिल भारतिय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव आशिष चौहानज्यूले विश्वको सभ्यताहरू कसरी हराउदै गयो र आज हाम्रो पूर्वी सभ्यता किन आज सम्म पनि बचिरहेको छ र यसको महत्व साथै अन्य सभ्यतामाथीको आक्रमण र हाम्रो सभ्यता माथीको प्रहार र यी सबैबाट बच्चे विषयमा आफ्नो मनतव्य राख्नु भएको थियो।
यस्तै विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनबाट आगामि २०७८/०७९ का लागि ९२ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाइएको छ। भने आठौँ राष्ट्रिय अधिवेशनबाट परिषद्का उपाध्यक्ष डा.गोपीनाथ कँडेलज्यू राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएको छ भने राष्ट्रिय महासचिवम राष्ट्रिय सचिव छितराज न्यौपाने निर्वाचित हुनु भएको छ।
भएको रजत जयन्ति बर्ष विशेष आठौँ राष्ट्रिय अधिवेशनमा अलग–अलग सत्रहरू प्रदेश अनुसार बैठक, प्रदर्शनी उद्घाटन, ध्वजारोहण तथा उद्घाटन समारोह, महासचिव प्रतिवेदन तथा निर्वाचन, प्रस्ताव सत्र, भाषणः एक संकल्प राष्ट्रका लागि, भाषण: विभिन्न विचारधारा र हाम्रो विचार, राष्ट्रय पृथ्वी युवा प्रेरणा पुरस्कार एवं सम्मान, प्रस्ताव पारित, युवा सम्बोधन, भाषणः परिषद्को बढदो गति र आगामी दिशा, सास्कृतिक कार्यक्रम, व्यवस्था परिचय, नयाँ कार्यकारिणी एवं प्रदेश अनुसार बैठक, समापन एवं ध्वजावतरण र नयाँ तथा पुराना कार्यकारिणी समिति बैठक संचालन भए पश्चात अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा विभिन्न क्षेत्रमा समाजका बौद्धिक, सामाजिक, व्यवसायीक, आध्यात्मिक साथै देशैभरबाट परिषद्का ५ सय भन्दा बढि विद्यार्थी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार –२०७७ बाट देविका बुढाथोकी सम्मानित
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले यस बर्षको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार महिला उद्यमी देविका बुढाथोकीलाई प्रदान गरेको छ ।
विराटनगरको अतिथि सदनमा आयोजना गरिएको विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार –२०७७ बाट महिला उद्यमी देविका बुढाथोकीज्यूलाई रू १५ हजार नगद, सम्मान पत्र, दोसल्ला र श्रीफल दिएर सम्मान गरेको छ ।
विद्यार्थी परिषद्ले समाजमा सकारात्मक कार्य, प्रेरणादायी अनुकरणीय कार्य गर्दै आइरहेका युवाहरू मध्यबाट राम्रो र उत्कृष्ट कार्य गर्ने व्यत्तिलाई छनौट गरी आफ्नो राष्ट्रिय अधिवेशनमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारको नामबाट युवालाई सम्मान गर्ने गरेको छ । उक्त सम्मान गर्ने क्रममा विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार झापा जिल्लाका महिला युवा उद्यमी देविका बुढाथोकीज्यूलाई प्रदान गरेको हो ।
देविका बुढाथोकी झापा जिल्लामा वि.स. २०४१ सालमा जन्मनु भई आफ्नो बाल्यकाल देखि नै सामाजिक, व्यवसायीक एवं उद्यमाशिलताको क्षेत्रमा विशेष रूचि राख्दै विभिन्न संघसंस्था, क्लब, समुहहरू, पेशा तथा सीप सिकाईका क्षेत्रमा आबद्ध हुनु हुन्छ । उहाँले युवा उमेरमा नै हस्तकला, नेपाली मौलिक खाद्यान्नको निर्यात, स्वदेशी उत्पादन तथा बिक्री वितरणका लागि वातावरण निर्माण गरी महिला उद्यमशिलताको विकास एवं विशेष प्रशिक्षण आदिलाई आफ्नो कर्मक्षेत्र बनाई नेपाली हस्तकलालाई उत्पादन गर्दे अन्तराष्ट्रिय स्तरमा व्यापार प्रर्बद्धन र पहिचान प्रदान गर्न सफल हुनु भएको छ । उहाँले नेपाली माटोको उत्पादन, कच्चा पदार्थहरूको संकलन, पाकृतिक रेशाका बनस्पतिहरूको प्रयोग गर्दे हस्तकलाको विकास एवं विस्तार लागि महिलाहरूलाई विशेष प्रशिक्षण गर्दै आइरहनु भएको छ।
उहाँले स्वरोजगारको निर्माण तथा जनजीवनमा उपभोग्य सामाग्रीको निर्माण, राष्ट्रमा सीप र संस्कृतिको विकास तथा अन्तराष्ट्रिय स्तरमा नेपाली मौलिक उत्पादनको निर्यातको माध्यमबाट ५०० भन्दा बढि महिलालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्दै, लाखौँ युवालाई स्वदेशमा नै मिहेनत र परिश्रम गरी, सफलता प्राप्त गर्ने सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने सफल हुनु भएको छ।
उहाँ समाजको विभिन्न संघ संस्थाहरू, नेपाली माटो खाद्यान्न संस्थाको प्रमुख, नेपाल उद्यमशिल महिला संघको परिकल्पनाकार एवं वर्तमान अध्यक्ष, रिजनल हेन्डिक्राफ्ट इन्डिष्ट्री आदि संगठनमा नेतृत्वदायी, भूमिकामा रहेर प्रेरणादायी साहसिक र आदर्श कार्य गर्दै आइरहनु भएकोले विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार–२०७७ बाट सम्मानित हुनु भएको हो ।